
पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । उनले १६ औं संस्करणमा सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए ।
शनिबार पोखरामा आयोजित म्याराथनमा उनले दोस्रो पटक रक्षा गरेका हुन् । १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका थिए । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । उनले गतवर्ष राखेको समय भने तोड्न सकेनन् । गतवर्ष उनको समय २ घण्टा १९ मिनेटको थियो ।
म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकी आए । उनले दुरीलाई २ घण्टा २० मिनेट ३७ सेकेण्ड पुरा गरे । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आए ।
उनले दुरी २घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा भने केन्याली धावक सिमिओन किप्लागात आउँदै सान्त्वना पुरस्कार रकम थापे । उनी १६ औं संस्करणमा उपविजेता समेत हुन् । उनले ले २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा पुरा गर्दै ३० हजार रुपैयाँ प्राप्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…