
पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ(७० मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन् । पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन् । फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन् ।
कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले पोखराका अन्तराष्ट्रिय खेलाडी असिम शेरचनलाई ६—४ को अंकमा पन्छाउँदै तेस्रो स्थानमा रहे ।
महिला रिकर्भमा कास्कीको बर्चस्व रह्यो । कास्कीकी केशरीमाया आले मगरले कास्कीकै अनुष्का शेरचनलाई ७—३ को अंकमा पराजित गर्दै महिला रिकर्भ च्याम्पियन बनिन । कास्कीकी रोजीना थापाले कास्कीकै बिष्णु माया लिम्बुलाई ६—४ को अंकले पराजित गर्दै तेश्रो भइन्।
पुरुष स्टाण्डर्ड ३० मिटर तर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६—२ को अंकमा पराजित गर्दै उपाधि जित्न सफल भए । बागलुङका मुकेश रोका मगरले रेशम पुर्जा पुनलाई ७—५ को अंकमा पराजित गरी तेश्रो भए ।
प्रतियोगितामा रिकर्भ ओपन पुरुष तर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई १५ हजार प्रदान गरिएको थियो । रिकर्भ ओपन महिला तर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदान गरिएको थियो । स्टाण्डर्ड पुरुष तर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिएको छ । प्रतियोगिता अन्र्तगत भएको भेट्रान्स तर्फको विधामा म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम भए ।
विजयी खेलाडीहरुलाई नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, कास्की जिल्ला आर्चरी संघका संस्थापक अध्यक्ष हरिध्वोज तुलाचन, अन्नपुर्ण आर्चरी क्लब कास्कीका पुर्ब अध्यक्ष मिनबहादुर शेरचन, कास्कीका पूर्व अध्यक्ष वसन्त थकाली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी बागलुङ र कास्कीबाट करिब ८९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । भेट्रान्स पुरुष तर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितालाई मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले गरेको थियो । पोखरा महानगरपालिकाले संयोजन गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…