हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७९ मा प्रकाशित


पोखरा-हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ ।

बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई÷दुई गोल, यमबहादुर गुरुङ, राजिब पौडेल र टिएस सेनले एक÷एक गोल गरे । सगरमाथाका लागि आर्शिष गुरुङले दुई गोल गरे । अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ ।

तेस्रो खेलमा कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथ र चिल्डेन लाइफ बागलुङ बिचको खेल निकै रोमाच्क बन्यो । जुनियर सिटिजन एकेडेमीले चिल्डन लाइफ बागलुङलाई ५–३ गोल अन्तरले हरायो । पहिलो हापमा २ गोलले पछि परेको जुनियर सिटिजन एकेडेमी दोस्रो हापमा ५ गोल फकाउदै सेमिफाइलनमा प्रबेश ग¥यो । जुनियरका लागि विकास परियारले ह्याट्रिक पुरा गरे भने सन्दिप क्षेत्रीले दुई गोल गरे । चिल्डेन लाइफका लागि निश्चल महतले दुई र मनोज थापाले एक गोलको योगदान गरे ।

अन्तिम खेलमा सगरमाथा बि ले करुणानीधि एजुकेसन फाउन्डेसन (केफ)लाई फराकीलो अन्तरले हरायो । सगरमाथाले केफलाई ६–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश ग¥यो । सगरमाथाका लागि प्रमोद गुरुङले दुई गोल, सागर गुरुङ, सरन क्षेत्री, समिप क्षेत्री र व्रिटेन आलेले एक÷एक गोल गरे । मंगलबार सेमिफाइनलका दुई खेल हुने प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगल बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।