
????????????????????????????????????
काठमाडौं-नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जितेका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगिता यसपटक रुदेन्द्र र सुदिक्षाले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार जित्न सफल भएका हुन् । क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५५. ४१ किलोग्राम तौल उचालेका थिए । त्यस्तै, सबिर मानन्धरले ३ सय ५.७८ र श्रीखण्ड रामले ३ सय ४.२४ केजी तौल उचालेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यस्तै, महिलातर्फ २ सय २० किलोग्राम उचालेर सुदिक्षाले प्रथम स्थान हासिल गरिन् । महिलातर्फ इशा शाही दोस्रो र करुणा बस्नेत तेस्रो भईन् । इशाले २ सय पाँच र करुणाले १ सय ९० केजी उचालेका थिए । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दस, पाँच र तीन हजार नगद तथा विजेताले ट्रफी प्राप्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…