
पोखरा-नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उप्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ । मञ्चको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफनो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए । ‘एथलेटिक्सका खेलाडी उत्पादन गर्ने मञ्चको योजना छ’ उनले भने—‘फुटबल क्लबका आफनै एकेडेमी छन् । हामीले पनि एथलेटिक्स खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गर्ने योजना अघि सारेका हौं ।’
मञ्चले पोखरा अन्तराष्ट्रिय म्याराथनको पुरस्कार राशी बढाउने प्रस्ताव गरिएको छ । म्याराथन मार्फत पोखरालाई अन्तराष्ट्रिय शहरसँग परिचित गराउने ध्येयसहित आवश्यक पुरस्कार राशीमा बृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् । मञ्चले १८ औं संस्करणको तयारी थालेसँगै पुरस्कार राशी बढाउने प्रस्ताव गरिएको अध्यक्ष पराजुलीको भनाई थियो । ‘पुरस्कार राशी बढाउने लक्ष्यमा छौं । कुनै दाता भेटिएको अवस्थामा पुरस्कार बढाउँछौं ।’ उनले भने—‘पुरस्कार राशी बढाउने लक्ष्य हौं । त्यसै अनुसार म्याराथन र हाफ म्याराथनमा चिप्सको प्रयोग गर्ने योजनामा छौं ।’ उनले म्याराथन र हाफ म्याराथनसँगै १० किलोमिटर र विद्यालयस्तरीय दौडलाई चिप्स प्रयोग गर्ने तयारीमा रहेको सुनाए ।
मञ्चले १८ औं संस्करणको लागि २५ लाख रुपैयाँ पुरस्कार राशीको लक्ष्य रहेको प्रस्ताव वार्षिक साधारण सभामा पेश गरिएको थियो । गत फागुनमा सम्पन्न भएको १७ औं संस्करणको पोखरा म्याराथनमा मञ्चले पुरस्कार राशी वापत १७ लाख रुपैयाँ खर्च गरेको थियो । म्याराथन, हाफ म्याराथन, दशकिलोमिटर महिला तथा पुरुष, विद्यालयस्तरीय छात्र तथा छात्रा दौड, ह्वीलचियर दौड र दृष्टिविहीन दौड लगायतका इभेण्टमा मञ्चले पुरस्कारमा मात्रै १७ लाख रुपैयाँ खर्च गरेको थियो ।
गतवर्षको संस्करणमा मञ्चले ४ लाख ४१ हजार बचत गरेको समेत आयव्यय सुनाइएको थियो । गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो ।
साधारण सभाको उद्घाटन गर्दै नेपाली सेना पश्चिम पृतनापति उपरथी दिपककुमार बानियाले नेपालको खेलकुद विकासमा मञ्चले गरेको कार्य प्रशंसनिय रहेको सुनाउँदै भने–“मञ्चको आयोजनामा हुने पोखरा म्याराथन होस वा अन्य सामाजिक कृयाकलाप यसले सबैलाई हौसला मिलेको छ र नेपाली सेनाले समेत मञ्चसँग सहकार्य गर्दै खेलकुद विकासमा अघि बढेको छ ।”
प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले खेलकुदमा संघीयता नआउँदा नीतिगत रुपमा धेरै समस्या आएको उल्लेख गरे । मञ्चले खेलकुद र सामाजिक अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिन समेत प्रदेशको खेलकुद विकासका लागि मञ्च र परिषद सहकार्य गर्दै अघि बढ्ने बताए । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराललगायतले आफ्ना भनाई राख्दै मञ्च अझैसबै संग सहकार्य गर्दै सक्रियताका साथ अघि बढ्ने बताए । मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले संस्थाको सागाँठानिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मञ्चले कार्यालय भवन निर्माणका लागि अघि बढ्ने योजना रहेको जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…