
जुम्ला-कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला – रारा अल्ट्रा म्याराथनको उपाधी पुरुष तर्फ दलबहादुर कँुवर र महिला तर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुष तर्फ धिरबहादुर बुढाले ४ घन्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घन्टा ८ मिनटमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो भए । यस्तै महिला तर्फ गणना भण्डारी ६ घन्टा ५४ मिनट २७ सेकेन्ड समयका साथ दोश्रो र अनिता बुढा ७ घन्टा ५२ मिनट ४६ सेकेन्ड समयका साथ तेश्रो भए । दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद ७५ हजार र ५० हजारका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।
म्याराथनमा पुरुष तर्फ ६१ र महिला तर्फ १० जना खेलाडीको सहभागिता रहेको राखेप प्रचार प्रसार शाखाका प्रशासकिय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी गराए । म्याराथन जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भई डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुदै रारा तालको २९८० मिटर उचाईमा रहेको हुटुमा गएर पुरा भएको थियो ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पर्वतिय खेलकुद महासंघका अध्यक्ष एवं पूर्व राखेप सदस्य गोविन्द भट्टराई, गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल ओलम्पियन खेलाडी एवं आयोजक संस्था कर्णाली स्पोर्टस् क्लबका संरक्षक हरि बहादुर रोकाया र अध्यक्ष सरोज शाहीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सदस्य सचिव घिसिङद्वारा जुम्ला कभर्डहल उद्घाटन
राष्ट्रिय खेलकुद् परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमविच जुम्ला कभर्डहलको उद्घाटन गरेका छन् ।
जुम्ला चन्दननाथ नगरपालिका ४ स्थित सिंघाचौरमा निर्माण हुने ३०० दर्शक क्षमताको कभर्डहलको अनुमानित लागत १ करोड ७१ लाख रहेको छ । कभर्डहलको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले कभर्डहल निर्माणले दुर्गम जिल्लामा आगामी दिनमा उच्च स्तरका खेलाडी उत्पादन हुने बिश्वास ब्यक्त गरे ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…