
काठमाडौं-नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ । नेपाल एपिएफ क्लब ९कृष्णमोहन स्मृती भवन हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।
राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि तथा अन्तर सरकारी सेवा ९बहाल तथा निबृत्त० ३५ बर्ष माथिी गरि १० विधामा प्रतिस्पर्धा हुनेछ । कुल ८ लाख, ६५ हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शिर्ष तीनका खेलाडीहरुले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्ने छन् । यसतै युगल तर्फ पहिलो हुनेले नगद ५५ हजार, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजार प्राप्त गर्नेछन् ।
यस्तै ब्वाईज १२ र १९ बर्ष मुनिका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । मिस्क युगल तर्फ प्रथमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार प्राप्त गर्नेछन् । भेट्रान्स तर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई फर्मुला प्लस ईभेन्ट एवं एडभर्टाईजिङ्ग प्रा।लि।, नेपाल ब्याडमिन्टन संघ प्राविधिक सहयोग बागमती प्रदेश, योनेक्स सनराईज नेपाल, एपिएफ मेम्बर्स सोसाईटीले समन्वय र सहकार्य गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।साथै पत्रकार सम्मेलनमा १२ औं सहवीर स्मृती खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता संघ संग समन्वय गरि भदौमा संचालन गरिने समेत पत्रकार सम्मेलनमा बताईयो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…