
पोखरा-एशियन फुटबल कन्फेडेरेसन(एएफसी)ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ । ग्रासरुट कार्यक्रम गर्न आफना सदस्य देशहरुलाई एएफसीले निर्देशन गर्ने गरेको छ । निर्देशन अनुसार अखिल नेपाल फुटबल संघले आफनो जिल्ला फुटबल संघमा ग्रासरुट कार्यक्रम गरेको छ ।
एन्फाले आफना सदस्य जिल्ला मध्ये चार जिल्लामा ग्रासरुट कार्यक्रम गर्दै ग्रासरुट दिवस मनाएको छ । कास्की जिल्ला फुटबल संघले शनिबार पोखरा रंगशालामा ग्रासरुट कार्यक्रममा एकसय भन्दा बढी १२ वर्षमुनिका बालकलाई सहभागिता गराएको थियो । एन्फाले कास्कीअघि धरान, सुनसरी र केन्द्रीय कार्यालयमा ग्रास रुट कार्यक्रम गरेको अखिल नेपाल फुटबल संघ एन्फा ग्रासरुट संयोजक पंकज शाहीले बताए । उनले फुटबलको हब भएको जिल्लामा ग्रासरुटको कार्यक्रमलाई प्रभावकारी बनाई खेलाडी उत्पादनमा विशेषजोड दिइएको उल्लेख गरे ।
संयोजक शाहीले ग्रासरुट कार्यक्रम गरिएको केन्द्र, कास्की, धरान र सुनसरीमा गरी ५ सय ५० जना १२ वर्षमुनिका खेलाडीलाई समेटिएको जानकारी दिए । साना बालबालिकालाई फुटबलमा संलग्नता गराउने उद्देश्य मात्रै नभई फुटबलको विकासमा नयाँ टेवा दिने विश्वास समेत ग्रासरुट कार्यक्रमको रहेको स्पष्ट पारे । उनले फुटबल केवल खेल मात्रै नभई मनोविज्ञानमा समेत प्रभाव पार्ने भएकोले पनि ग्रास रुटलाई विशेष प्राथमिकतामा राखिएको सुनाए ।
ग्रासरुट कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले उदघाटन गर्दै ग्रास रुट कार्यक्रमले खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै खेलले ग्रासरुट कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले ग्रास रुटबाटै खेलाडी उत्पादन हुने हुदाँ ग्रासरुटलाई विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले फुटबलको जग नै ग्रासरुट भएको बताउँदै ग्रासरुट कार्यक्रम जति प्रभावकारी बन्यो उति नै खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले कास्की जिल्ला फुटबल संघले मात्रै नभई अन्य संघमा आवद्ध क्लबहरुले समेत फुटबल एकेडेमी सञ्चालन गरिरहेको उल्लेख गरे । पोखरा रंगशालामा हप्ताको पाँचदिन फुटबल एकेडेमीको प्रशिक्षण हुदै आएको छ । पाँचजना प्रशिक्षकले प्रशिक्षण गराउँदै आएका छन् । एकेडेमीमा यु ८ देखि यु १६ सम्मका खेलाडीहरु प्रशिक्षण लिईरहेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…