
वडा नं १५ का खेलाडी श्रृजन रन्जित म्यान अफ दि म्याच ट्रफी लिदैं ।
पोखरा-पोखरा महानगरपालिका वडा नं १५ र पोखरा महानगरपालिका वडा नं १४ बीच वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि भिड्ने छन् । बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं १५ ले वडा नं ३० लाई २–१ गेल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको सेमिफाईनलमा वडा नं १५ को लागि विशाल गुरुङ र श्रृजन रन्जितले गोल गरेपछि फाईनल पुग्न पर्याप्त रह्यो । पहिलो हाफको इन्जुरी समयमा कप्तान विशाल गुरुङले गोल गर्दै वडा नं १५ लाई अग्रता दिलाए । विशालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल रन्जितले ७२ औं मिनेट गर्दै खेल जिताए । वडा नं ३० का लागि सागर गौतमले ४१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर अन्तिम समय सम्हालिन नसक्दा रन्जितको निर्णायक गोलमा वडा नं १५ले फाईनल सुरक्षित बनायो । वडा नं १५ का रन्जित म्यान अफ दि म्याच घोषित भए ।
त्यसैगरी दोस्रो सेमिफाईनल खेलमा वडा नं १४ ले वडा नं २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । आशिष कार्कीले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनकै व्यक्तिगत दोस्रो गोल २६ औं मिनेटमा गरे । नारायण गुरुङले ३९ औं र ४२ औं मिनेटमा गोल गरेका थिए । खेल एकपक्षिय देखियो । खेलमा आशिष कार्की म्यान अफ दि म्याच घोषित भए ।
उपाधिको लागि पोखरा वडा नं १४ र वडा नं १५ बीच हुने छ । विजेता वडाले नगद १ लाख ५० हजार राशी प्राप्त गर्ने छ । उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृृष्ट विधाका पाँचजनाले नगद ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक पोखरा महानगर खेलकुद विकास समितिले जनाएको छ ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…