
पोखरा-तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा पुरा गरेका थिए । त्यसैगरी नेपाल आर्मीकै बेदबहादुर सुनुवार तेस्रो स्थानमा आए । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको समयमा पुरा गरेका थिए ।
दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु भएको थियो । माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो ।

महिला तर्फको प्रतिस्पर्धामा जुम्लाकी धाविका गनाना भण्डारीले जितिन् । उनले निर्धारित दुरीलाई ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा पुरा गरिन् । महिला तर्फको विजेताले नगद ७५ हजार राशी पुरस्कार प्राप्त गर्ने गरिन् । धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानामा रहिन् । ओखलढुंगाकी चोकी शेर्पा भने तेस्रो स्थानमा आउने क्रममा ६ घण्टा ११ मिनेट १६ सेकेण्डको समय लगाईन् ।
दोस्रो हुने धाविकाले ५० र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त प्राप्त गरिन् । महिला तर्फ ८ जना धाविकाको सहभागिता रहेको थियो । ३६ जना पुरुष धावकको सहभागिता रहेको थियो । महिला तथा पुरुष गरी ३९ जना धावकले दौड पुरा गरेका थिए । स्पेनिश, टर्की र एक जना कोरियन धावकको सहभागिता रहेको थियो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो । अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न यस वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ ।
हुने छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…