
पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित मे महिनाको हिमालयन गल्फ क्लब मन्थ्ली मेड्ल ट्रफी याम रानाले जितेका छन् ।
पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा रानाले ४५ स्कोरसहित ट्रफी जितेका हुन् । फूल ह्याण्डीक्याप स्टेबल फोर्ड आधारमा खेलिएको प्रतिस्पर्धामा डा. अमरिश शुक्लाले ४० स्कोर गर्दै उपविजेता बने । त्यस्तै ३८ स्कोरसहित बसन्त गौचन(साकुरा) भने तेस्रो स्थानमा रहे ।
ग्रस तर्फ जीवाराम गुरुङले ट्रफी प्राप्त गरे । उनले २८ स्कोर हिर्काए । प्रतियोगितामा लङगेष्ट ड्राइभ कृष्ण पुनले हिर्काए । त्यस्तै होलको सबैभन्दा नजिक हिर्काउँर्द बसन्त गौचनले पुरस्कार थापे । प्रतियोगितामा २४ जना गल्फरको सहभागिता रहेको थियो । विजेता गल्फरलाई कास्की जिल्ला गल्फ संघका सचिव इन्जिनियर गोविन्द गौचन, गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्ट, एएसपी लिलाजङ्ग गुरुङ र सञ्चारकर्मी धन बस्नेतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…