
पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन् । पोखरामा आयोजित ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मासिक भत्ता उपलब्ध गराउने उदघोष गरेका हुन् ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सात ओलम्पियनलाई नगद ५ हजार रुपैयाँ मासिक भत्ता दिने उदघोष गरेका हुन् । भत्ता दिने घोषणा गर्ने गण्डकी प्रदेश सरकार पहिलो हो । ५६ वर्षको ओलम्पिक इतिहासमा सात जना ओलम्पियनले गण्डकी प्रदेशको प्रतिनिधित्व गरे ।
टिका बोगटी (एथलेटिक्स १९८८ कोरिया, १९९६ एटलान्टा), ज्ञानबहादुर बोहोरा(एथलेटिक्स,२००० सिड्नी), राजेन्द्र्र भण्डारी(एथलेटिक्स, २००४ एथेन्स। ग्रिस), ऋषि प्रधान (जुडो, १९८८ कोरिया), भगवती केसी(सुटिङ, २००० सिड्नी), सिताराम शाही (स्वीमिङ, १९९६ एटलान्टा) र नारायण गुरुङ( तेक्वान्दो,१९९२ स्पेन) गण्डकी प्रदेशका ओलम्पियनहरु हुन् ।
प्रदेश सरकारले आज आईतबार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । नीति तथा कार्यक्रम अनुसार नै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याउने छ । प्रदेश सरकारले ओलम्पियनलाई भत्ता दिने उदघोष गरेपनि कार्यविधी भने तयार भईसकेको छैन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…