
पोखरा-आज शुक्रबारदेखि पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको छ ।
प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमका खेलाडीहको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत इपी जुनियर महिला र पुरुषतर्फ गरी छुट्टा छुट्टै व्यक्तिगत विधा तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले बताए । त्यसै गरी खुल्ला फोयल महिला तथा पुरुषतर्फ समेत व्यक्तिगत तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने उनले बताए । फाईनल शनिबार हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…