
काठमाडौं- दुवईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधी नेपालका हरी कृष्ण बिष्टले जितेका छन् ।
दुवइ स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० कि।मि। दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधी जित्न सफल भएको दुवइबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए ।
रोजगारीका सिलसिलामा विगत ७ बर्ष देखि दुवइमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अगि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…