
पोखरा-पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ । पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने उद्देश्यसहित वाटर स्र्पोटस गर्ने उल्लेख गरेको हो ।
आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गर्ने सुनाए । ‘वाटर स्पोर्टस मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिईने छ।’ उनले भने–‘आवश्यक सम्भाव्य अध्ययन गरिने छ ।’ उनले विशेष गरी तालहरुमा हुने वाटर स्पोर्टसका खेल मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिएका छन् ।
तालमा खासगरी कायाक, रोईङ, बोट रेस, वाटर बल, वाटर स्की लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ । यद्यपी महानगरपालिकाले आफनो नीति तथा कार्यक्रममा पहिलो पटक वाटर स्पोर्टसलाई समेट्दै सम्भाव्य अध्ययन गर्ने अठोट लिएको छ ।
महानगरले साहसिक खेल प्रवद्र्धन गर्दै खेलकुदको शहरको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । खेलकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लगिने समेत नीति तथा कार्यक्रममा समेटिएको छ । महानगर प्रमुख आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने महानगरभित्रका खेलाडीहरुको अभिलेख तयार गरी उचित प्रोत्साहन प्रदान गर्ने समेत उल्लेख गरेका छन् । विद्यार्थी लक्षित विद्यालयस्तरीय खेलकुद प्रतियोगितासँगै मेयर कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिईने उल्लेख छ ।
महानगरले खेलकुद क्षेत्रको सुदृढिकरण र खेलाडीहरुको क्षमता विकासका लागि खेल पूर्वाधारहरुको विकासमा जोड दिईने उल्लेख छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…