
पोखरा-पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैं छ । पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो । आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ । शनिबार रेस पोखराको मेथ्लाङ–सराङकोट २५ किलोमिटरको हुने छ । यो वर्षको यो दोस्रो प्रतियोगिता समेत हो ।
दौडमा स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । क्लबका संस्थापक अध्यक्ष विकास गुरुङका अनुसार आठौं संस्करणको २५ किलोमिटर दौडमा १४ जना विदेशी धावकको सहभागिता रहेको छ । क्यानडा, जर्मन, बेलायत, भारत, चीन, स्पेन लगायतका देशबाट १४ विदेशी धावकले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । २५ किलोमिटर दौडमा स्वदेशी तथा विदेशी गरी ९३ जना धावक दौडिने छन् ।
क्लबले पहिलो पटक १२ वर्षमुनिका धावकलाई समेत प्रतिस्पर्धामा समावेश गर्ने उल्लेख गरेको छ । एक किलोमिटर दौडमा १२ वर्षमुनिका बालाबालिकाहरु दौडिने छन् । त्यसैगरी ५ किलोमिटरमा समेत धावकहरुले सहभागिता जनाउन सक्ने छन् । १ किलोमिटरको प्रतिस्पर्धामा २८ जना, ५ किलोमिटर प्रतिस्पर्धामा ८२ जना धावकहरुको सहभागिता रहेको संस्थापक अध्यक्ष गुरुङले बताए ।
हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा ट्रेलरेस सिरिज’ ले गर्दै आएको छ । पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ । प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ । ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(ट्रेल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं ।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो । दौडलाई पोखरा महानगरपालिका र गोल्ड जिमले सहयोगी भूमिका खेलेका छन् ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…