
पोखरा-चीनको हाङझावमा हुने १९ औं एशियाड अब दुई महिना मात्रै बाँकी छ । दुई महिना बाँकी हुदाँ छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन् । केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ ।
गत शनिबार मात्रै भारोत्तोलनका खेलाडीहरु पोखरा आईपुगेका छन् । उनीहरुलाई मंगलबार विहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबहाक अध्यक्ष उमेश सिकेले खादा लगाई स्वागत गरे । स्वागतसँगै कार्यालय प्रमुख योगीले पोखरामा प्रशिक्षणको क्रममा कुनै अप्ठ्यारो तथा समस्या नहुने स्पष्ट पारे । उनले राष्ट्रिय खेलकुद परिषदले नै खेलाडीको प्रशिक्षण, आवास तथा खानपिनको अनुगमन गर्न निर्देशन गरेको बताए ।

एशियाडमा भारोत्तोलनका ४ खेलाडीले विभिन्न तौलमा प्रतिस्पर्धा गर्ने छन् । ५५ केजी तौलमा टिकामाया गुरुङ, ६४ केजी तौलमा सारदा चौधरी, ८१ केजी तौलमा विकास भट्ट र हेभीवेट ९६ केजीमा विशाल विष्ट रहेका छन् । उनीहरुसँगै भारोत्तोलनबाट ओलम्पिक तयारीमा रहेको सागर भण्डारी समेत प्रशिक्षणमा संलग्न छन् । भण्डारीले १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् ।
उनीहरुलाई प्रशिक्षक जीवन गौतमले प्रशिक्षण दिईरहेका छन् । ‘एशियाड अब दुईमहिना मात्रै बाँकी छ । दुई महिना नै पोखरामा प्रशिक्षण गर्ने योजना हो’ प्रशिक्षक गौतमले भने–‘बीचमा परिषदले बोलाायो भने फर्किन्छौं । थोरैमा पनि एकमहिना पोखरामै प्रशिक्षण गर्छौ ।’ उनले पोखरामा प्रशिक्षण गराउँदा नयाँ उत्साह थपिने स्पष्ट पारे ।

‘सधै एकै ठाँउमा(काठमाडौंमा) प्रशिक्षण गराउँदा समस्या । त्यसमा पनि एशियाड खेल्ने र अन्य खेलाडी एकैठाँउमा प्रशिक्षण गराउन कठिनाई हुदैं आएकोले पनि नयाँ ठाँउमा(पोखरा) आयौं ।’ उनले भने–‘शान्त बातावरणमा प्रशिक्षण गराउँदा खेलाडीमा पनि उर्जा मिल्छ । उत्साह थपिन्छ ।’ प्रशिक्षण गौतमले पोखरामा प्रशिक्षण गराउन आवश्यक भारोत्तोलनका सबै सामान भएकोले पनि सहज भएको जिकिर गरे । उनका अनुसार परिषदले असार मसान्तसम्म ९ सय रुपैयाँ दैनिक भत्ता दिने गरेको थियो । दैनिक भत्ताले काठमाडौंमा प्रशिक्षण गराउन समेत कठिनाई थियो । पोखरा आईसकेपछि दैनिक भत्ता परिषदले बढाईदिएको छ । खेलाडीलाई प्रशिक्षणसँगै आवश्यक खानपिनमा विशेष ध्यान दिइएको प्रशिक्षक गौतमले जानकारी दिए ।
पोखरामा केहीदिन अघि मात्रै महिला ह्याण्डबल टोली प्रशिक्षणको लागि आईपुगेको थियो । झण्डै दुईसातादेखि रग्बीको महिला तथा पुरुष एवं यु–२० टोली समेत पोखरामा प्रशिक्षणरत छ । आर्चरीको पनि पोखरामै प्रशिक्षणमा व्यस्त रहेको छ । पोखरामा भएको बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अनुगमन गरेर फर्किएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…