
काठमाडौं-खेलाडीहरुका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले उपचाररत विभिन्न ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे ।
उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् ।
यस्तै शारिरीक अस्वस्थताका कारण ट्रमा सेन्टर बिर अस्पतालमा उपचाररत चन्दन शाहीलाई १ लाखको चेक हस्तान्तरण गरियो । यसैगरि स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई १ लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…