
काठमाडौं- नेपाली खेलाडीहरुले ब्याडमिन्टन एशिया (दक्षिण एशिया)क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगत मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको छ ।
नेपाल सहित श्रीलङका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु–१५ तर्फ र यु–१७ दुवै तर्फ जित आत्मसाथ गरेको छ । यु–१५ र यु–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाईभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो ।
लिगको आधारमा खेलाईएको प्रतियोगितामा १५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ले, सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे ।
यस्तै १७ तर्फ कविर के।सी। र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४, रोजी राईले ऐस्थालाई २१–१०, २१–८, कविर के।सी।ले अजहरलाई २१–७, २१–१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० र कविर के।सी। र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले पराजित गरे ।
यस्तै अन्य खेलमा बंगलादेशले १५ तर्फको खेलमा भुटानलाई ५–० र १७ तर्फ मालदिभ्सलाई ५–० ले पराजित ग¥यो । श्रीलङकाले यु १५ तर्फ मालदिभ्सलाई ५–० ले नै पराजित गर्न सफल भएको छ । मिक्स टिम इभेन्टस्मा महिला र पुरुषको एकल, महिला र पुरुषको युगला र मिक्स गरि पाँच प्रतिस्पर्धा हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…