
काठमाडौं-नेपालका कविर के।सी। र अभय महरा काठमाण्डौमा जारी ब्याडमिन्टन एशिया ९दक्षिण एशिया० क्षेत्रीय जुनियर च्याम्पियनसिपको यु १७ पुरुष युगल तर्फ रजतमै सिमित भएका छन् ।ब्याडमिन्टन एशियाको आयोजनामा भएको च्याम्पियनसिपको फाईनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एस।एस।एम।सिफत उल्लाहसंग २१–११, २१–११ को सोझो सेटमा पराजित भएका हुन् ।
नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यु १७ को पुरुष एकल तर्फ पनि बंगलादेशका एस।एस।एम। सिफत उल्लाहले स्वर्ण हात पारे । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले पराजित गर्दै च्याम्पियनसिपमा दोश्रो स्वर्ण हात पारे ।
महिला एकल तर्फ श्रीलंकाकी रनिथमा लियाङ्गेले आफ्नै देशका रनुमी मनागेलाई २१–६, २१–८ ले पराजित गर्दै स्वर्ण हात पारिन् । महिला युगल तर्फ पनि रनिथमाले रनुमी मनागेसंग मिलेर अर्को स्वर्ण जितिन् । उक्त जोडीले मालदिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ को समान अन्तरले पराजित गर्दै स्वर्ण जितेका हुन् । मिक्स युगल तर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१–१४, २१–१६ ले पराजित गर्दै स्वर्ण हात पारे ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यु १५ तर्फ महिलाको एकलमा श्रीलंकाकी नेथमी रत्नायकले श्रीलंकाकै सिथुली रनसिंघलाई २१–१३, २१–१० ले पराजित गर्दै उपाधी जितिन् । नेथमीले मिक्स डबल्ससमा सेनुथ सेथमिता पेरेरासंग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२–२०, २१–१२ ले पराजित गर्दै आफ्नो लागि अर्को स्वर्ण हात पारिन् ।
पुरुष तर्फ बंगलादेशका वाली उल्लाहले बंगलादेशकै मोस्तकीम होसेनलाई २१–१५, २१–१५ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारे । मिक्स डबल्समा स्वर्ण जितेका सेनुथ सेथमिता पेरेराले पुरुष युगल तर्फ केनिथ अरुगोडासंग मिलेर बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१–१५, १९–२१, २३–२१ ले पराजित गर्दै आफ्नो लागि दोश्रो स्वर्ण जिते ।
महिला युगल तर्फ पनि श्रलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जिते । उक्त जोडीले नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१–१२ ,२१–४ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । श्रीलंकाले यस च्याम्पियनसिपमा मिक्स टिम ईभेन्ट्सको २ सहित ९ स्वर्ण हात पारेको छ । यस्तै बंगलादेशले ३ स्वर्ण हात पारेको छ । बिजयी खेलाडीहरुलाई ब्याडमिन्टन एशियाको डिभलोपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलमा अतिरि सशस्त्र प्रहरी महानिरीक्षक चन्द्र प्रकास गौतम लगायतले पुरस्कार वितण गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…