
पोखरा-जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुदै गएको छ । राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुदैं गएपछि प्रशिक्षणमा समस्या भएको छ । कास्कीमा अब केवल तीनजना मात्रै प्रशिक्षक बाँकी छन् । तीनमध्ये भारोत्तोलन प्रशिक्षक बखतमान श्रेष्ठ पनि आगामी फागुनमा अवकाश हुदैं छन् । सहायक प्रशिक्षकद्वय सुरेन्द्र गुरुङ(सितेरियो कराँते) र जीवन घिमिर (शारीरिक सुगठन) मात्रै छन् । तेक्वान्दोका प्रशिक्षक सुनबहादुर लामा अहिले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
खेलकुदको उर्वर शहर कास्की खेलकुद प्रशिक्षक विहीन बन्दै गएको छ । खेल संघले स्वयं सेवक प्रशिक्षककै भरमा खेलकुद धान्दै आएका छन् । २०८१ मंसिरको पहिलो साता कर्णाली प्रदेशमा (सुर्खेतको विरेन्द्रनगर) दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेश खेलकुद परिषद गण्डकीले सबै खेल संघहरुलाई नयाँ परिपत्र गरेको छ । परिपत्र अनुसार स्वयं सेवक प्रशिक्षक तथा रेफ्री, अम्पायरलाई अनिवार्य सूचीकृत गर्नुपर्ने प्रावधान बनाएको छ । ‘प्रदेश र जिल्लास्तरमा सञ्चालन हुने प्रतियोगिता प्रदेश खेलकुद परिषदमा सूचीकृत भएका रेफ्री, अम्पाएर र प्रशिक्षकले मात्रै खेल तथा प्रशिक्षण सञ्चालन गर्न पाउने छ ’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने–‘सूचीकृत नभएकोले खेलाउन र प्रशिक्षण गराउन रोक लगाउने निर्णय भएको छ ।’
उनले सूचीकृत नभएका रेफ्री, अम्पाएर, प्रशिक्षकहरुलाई सबै प्रकारका प्रतियोतिगा र प्रशिक्षणमा रोक लगाउने बताए । उनका अनुसार प्रदेशको आयोजना, प्रदेशले आर्थिक सहयोग गरेका प्रतियोगिता तथा अनुमति नलिई सञ्चालन भएका प्रतियोगितामा सूचीकृत नभएका प्रशिक्षक, रेफ्री तथा अम्पायरलाई रोक लगाउने निर्णय गरिएको छ । परिषदले प्रतियोगिता सञ्चालनको समयमा रेफ्री तथा प्रशिक्षक एवं अम्पायरको पारिश्रमिक(भत्ता) सम्बन्धीत संघले नै तोक्ने छ । अन्यथा परिषदले तोक्ने समेत सदस्य सचिव शर्माको भनाई थियो । केही समय अघि मात्रै पोखरा रंगशालाभित्र खेल संघहरुले प्रशिक्षार्थीसँग शुल्क उठाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि नियमन निकाय प्रदेश खेलकुद परिषदले सबै खेल संघ मार्फत स्वयं सेवक प्रशिक्षक, रेफ्री तथा अम्पाएरलाई सूचीकृत हुनुपर्ने कडाई गरेको हो ।
कास्की जिल्ला खेलकुद विकास समितिमा ५३ वटा संघ आवद्ध रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले जानकारी दिए । ‘संघमा आवद्ध प्रशिक्षक, रेफ्री, अम्पायर तथा जुरी एवं खेल सञ्चालक गरी शुक्रबारसम्म दुईसय १० जनाले सूचीकृत गरेका छन्’– उनले जानकारी दिए । सूचीकृत हुन आवेदकले एक हजार रुपैयाँ शुल्क तिरेका छन् । सूचीकृत भएका रेफ्री, प्रशिक्षक, अम्पायर तथा जुरीले तिरेको शुल्क खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने छ । कल्याणकारी कोष मार्फत जोखिम विमा गरिने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । गण्डकी प्रदेश सरकारले पनि विमाको लागि दशलाख रुपैयाँ छुट्टाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…