
पोखरा-विहानै चारैतिर हिमाल छ्वाङ्ग खुल्छ । त्यही हिमालको फेदमा ठूलो चरन क्षेत्र छ । पहिलाको चरन क्षेत्रको अहिले स्वरुप फेरिएको छ । गल्फ कोर्ष बनेको छ । विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ । अधिकांश समय हिउँले ढाकिन्छ । असारदेखि असोजसम्म मौसम सफा हुन्छ । निलो आकास, चारैतिर हिमाल र हिमालकै फेदमा कोर्षको हरियालीले मनमोहक बनाउँछ । हिमाललाई लक्षित गर्दै आइरन हान्ने चाहना धेरै गल्फरको छ । गल्फरहरुको सपना र चाहनालाई मुस्ताङ गल्फ कोर्षले पुरा गर्दै छ ।
समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको मुस्ताङ गल्फ कोर्षमा शनिबार ‘विश्वकै उच्च उचाईमा दोस्रो गल्फ प्रतियोगिता’ हुदैं छ । त्यसको लागि नेपाल गल्फ संघको केन्द्रीय सदस्य एवं हिमालयन गल्फ कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन) एकसातादेखि लोमान्थाङमा छन् । उनकै सक्रियतामा लोमान्थाङको लोवाथाङस्थित गल्फ कोर्ष मर्मत सम्भार गरिएको छ । उनका अनुसार शुक्रबारसम्म कोर्षलाई फाईनल गरिने छ । शनिबार विहानैदेखि पार ३६ को ९ होलमा प्रतिस्पर्धा शुरु हुने छ ।

‘तीनवटा होल र टि(हान्ने ठाँउ) केही परिवर्तन गरिएको छ’ गुरुङले भने–‘शुरुमा गरिएको डिजाईन अनुसार कोर्षलाई पुर्ननिर्माण गरिएको छ ।’ उनको भनाई अनुसार होल नं ९ केही तल सारिएको छ । होल नं ६ लाई डाडाँको फेदैमा लगिएको छ । होल नं ७ लाई पनि पुर्ननिर्माण गरिएको छ । होल नं ७ मा स्ट्रोकको लागि बनाईएको टी अफले लोमान्थाङको बस्ती पुरै देखिने उनले बताए । ‘अरु सबै गतवर्ष बनाइएको होल र टि अफलाई केवल मर्मत सम्भार मात्रै गरिएको छ ।’ उनको भनाई थियो । ग्रिन मर्मत गर्न बालुवा प्रयोग गरिएको छ । बालुवाले लेभल मिलाएपछि माटो हालेर रोल गरिने उनले जानकारी दिए । ‘माटो हालेर रोल गर्दै छौं । बल गुड्ने हुनुपर्छ ।’ उनको भनाई थियो ।

गतवर्ष लोमान्थाङ गाँउपालिकाले आयोजकको जिम्मेवारी लिएको थियो । अहिले मुस्ताङ गल्फ कोर्षको आयोजना र व्यवस्थापनमा हुने छ । गाँउपालिकाको विशेष सहयोगी भूमिका रहने छ । पहिलो संस्करण काठमाडौंका श्याम तामाङ च्याम्पियन बने । पोखराका बलराम थापा उपविजेता भए । ‘कोर्षको उचाईमा छ । तर खेल्न उत्तिकै मजा आउँछ’ गल्फर थापाले भने–‘यो वर्षपनि लोमान्थाङ गल्फ खेल्न जाँदै छौं ।’ उनीसँगै पोखराका १४ जना गल्फर लोमान्थाङ पुग्ने तयारीमा छन् । अघिल्लो वर्ष खेलेर फर्किएका पोखराकै अर्का गल्फर भक्तराज गुरुङ पनि लोमान्थाङ पुग्न उत्साहित छन् । ‘कोर्ष व्यवसायिक गल्फ कोर्ष जस्तो छैन् । तर उचाईकै कारण लोमान्थाङमा खेल्न छुट्टै आनन्द हुन्छ’ उनले भने–‘निकै एडभेन्चर छ कोर्ष त्यसैले पनि फेरी खेल्न जाँदै छौं ।’
लोमान्थाङदेखि गल्फ कोर्ष २० मिनेटको दुरी टाढा पर्छ । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन् । विभिन्न संघसंस्थाले सहयोग भूमिका खेलेको छ । प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेको गण्डकी प्रदेशका पूर्व सदस्य एवं मुस्ताङ गल्फ कोर्षका अध्यक्ष समेत रहेका इन्द्रधारा विष्ट बताउँछन् ।
‘होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिने छ’ विष्टले सुनाए–‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने छ ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराए । ‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ । त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि निरन्तरता दिदैं छौं’ विष्टले भने–‘गल्फले लोमान्थाङको परिचय बदल्ने विश्वास छ । साहसिक पर्यटनको हब बन्ने छ।’ पोखरा, काठमाडौं, बुटवल र धरानका ४० गल्फरहरुले प्रतिस्पर्धामा गर्ने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…