
काठमाडौं- एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड असोज१३ गते हुने भएको छ ।
चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रसकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियर तर्फ महिला तथा पुरुषको ५ कि.मी. गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्र्पा गराईने जानकारी गराईयो ।
शिर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै जुनियर ब्यक्तिगत तर्फ शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै सिनियर तर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने छ ।
यसैगरि प्रतियोगितामा सहभागी टिमले प्राप्त गरको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरि २९३ नगरपालिकाका करिव २० नगरपालिकाका ३०० खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने विश्वास गरिएको छ । प्रतियोगिताको खर्च करिव २० लाख लाग्ने अनुमान गरिएको छ ।
दौड चन्द्रगिरी नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुदै पुन नगरपालिको कार्यालयमा आएर सम्पन्न हुने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…