
काठमाडौं-सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप फुटसल २०२३ मा सहभागी हुने नेपाली टोलीलाई निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी ‘सम्राट’ ले राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार शुभकामना सहित नेपालको झण्डा प्रदान गरेर बिदाई गरे ।
नेपाल स्कुल स्पोर्टस् महासंघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा सर्विया जाने टोलीमा प्रशिक्षकमा अंकित श्रेष्ठ रहेका छन् भने खेलाडीहरुमा सैदीप दाहाल, सारांश पुरी, सुगत श्रेष्ठ, स्यामिर श्रेष्ठ, स्यायुम श्रेष्ठ, रजत श्रेष्ठ र तेन्जिङ्ग दावा लामा रहेका छन् ।
प्रतियोगिता अशोज २१ गते देखि ३० गते सम्म संचालन हुनेछ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…