उपाधि सुनुवार र राईलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १९ गते २०८० मा प्रकाशित


पोखरा-पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुष तर्फ बेदबहादुर सुनुवारले जितेका छन् । महिला तर्फको उपाधि प्रिया राईले जित्न सफल भईन् । सुनुवारले ५ घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जिते । राईले पनि उपाधि जित्न ७ घण्टा १२ मिनेटको समय लगाएकी थिईन् । पुरुष तर्फ ६ घण्टा १३ मिनेटमा पुरा गर्दै धिरजबहादुर बुढा दोस्रो स्थानमा आए । ६ घण्टा २७ मिनेटमा दौड पुरा गरेका मोहनदेव जोशी तेस्रो बने । मन्जु रावत दोस्रो स्थानमा आउन ७ घण्टा १४ मिनेटको समय लगाईन् । त्यस्तै ७ घण्टा २७ मिनेट लगाएकी निकोला सोरागम तेस्रो स्थानमा रहिन् ।

२५ किलोमिटरको रेसको उपाधि पुरुष तर्फ निरोज भट्ट क्षत्रीले दुई घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जिते । अशोक बराम दोस्रो(३घण्टा २२ मिनेट), तेन्जोन रोका मगर तेस्रो(३ घण्टा २२ मिनेट २० सेकेण्ड), सोनु कुँवर चौथो(३ घण्टा ३६ मिनेट) भए । महिला तर्फ गनाना भण्डारी प्रथम भईन् । उनले दुरीलाई ४ घण्टा ४ मिनेटमा पुरा गरिन् । त्यस्तै नितु तामाङ दोस्रो(४ घण्टा २७ मिनेट), कानुका सिल्भिया तेस्रो(५ घण्टा २०मिनेट) र एलिजेथ पाचण्ड चौथो(५ घण्टा २८ मिनेट) भईन् ।

७ किलोमिटर रेस पुरुष तर्फ श्याम मगराती प्रथम भए । उनले ३० मिनेटमा पुरा गरेका थिए । दिवाकर बुढा मगर दोस्रो भए । विक्रम खड्का तेस्रो हुदाँ ईश्वर मगराती चौथो भए । महिला तर्फ हुमी बुढामगर प्रथम भईन् । उनले १ घण्टा १६ मिनेटमा दौड पुरा गरिन् । सुष्मिता रानाभाट दोस्रो, ममता नेपाली दोस्रो, एन्जिला जि.टी चौथो भईन । सिरिजले यसपटक ८० किलोमिटरको पन्चासे अल्ट्रा रेसलाई समेत समेटेको थियो । ८० किलोमिटर रेसको उपाधि सफल लामाले जितेका छन् । उनले १२ घण्टा १२ मिनेटको समयमा पुरा गर्दै उपाधि जित्न सफल भए । त्यस्तै सन्दीप थापाले १४ घण्टा ३८ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहे । सुखद बस्यालले १५ घण्टा ४० मिनेटको समय लगाउँदै पुरा गरे । उनले तेस्रो स्थानमा अल्ट्रा रेसलाई टुग्याए ।

पोखरा ट्रेल रेस सिरिजका संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले ५५ किलोमिटर विजेता महिला तथा पुरुष धावकले थाइल्याण्डमा आयोजना हुने अल्ट्रा रेसमा सहभागिता जनाउन पाउने जानकारी दिए । पोखरामा आयोजना हुने रेसलाई अन्तराष्ट्रिय ट्रेल रनिङ एशोसियनले धावकहरुलाई आईटिआरए प्वाईन्ट्स(अंक) दिने उनको भनाई थियो । ८० किलोमिटरको उक्त दौड लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडाँ पुगेर फर्किएका थिए । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुदै पोखराको खपौदी पुगेर दौड पुरा गरेका थिए । दौडलाई पोखराको गोल्ड्स जीमले फिटनेस पार्टनरको रुपमा सहयोगी भूमिका खेलेको छ । नर्थ नेपाल ट्राभल्स र टे«कर्सले ट्राभल्स पार्टनरको रुपमा रहेको छ । ट्रेल रेसको यो नवौं संस्करण हो । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा ट्रेल रेस सिरिज’ ले गर्दै आएको छ । पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ ।दौडमा ७ जना नेपाली सेनाका सहित ८७ जना नेपाली, २३ जना विदेशी सहभागिता जनाएका थिए । विजेतालाई अल्ट्रा रेस धावक हरिबहादुर रोकायाले पुरस्कार प्रदान गरेका थिए । रोकायालाई सम्मान स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।