
पोखरा-दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा आयोजक एकेडेमी रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ ।
छैटौं नम्बरमा आएका रोशन गौतमले २० बलमा ३० रन हिर्काउँदै आयोजक रातोलाई सम्मानजनक स्कोर तर्फ अग्रसरता दिलाए । उनले १ चौका र ३ छक्का हिर्काए । टस जितेर व्याटिङ गर्न क्रिजमा आएको आयोजकले पहिलो विकेट अमर मिश्रलाई एक रनमै गुमायो । अर्का ओपनर निर्मल थापालाई तेस्रो नम्बरमा आएका अंकित बमले साथ दिए । थापाले १७ रन बनाउन ३७ बल खर्चिए । बमले १८ रन जोड्न २८ बलको सामना गरे । उनले तीन चौका हिर्काए । निश्चल ग्यावतीले १९ रन जोडे । रोशन गौतमले अविजित ३० रन बनाउँदै टोलीको स्कोर सम्मानजनक स्थितिमा पुर्याए । सेहजाद आमलले पनि १२ बलमा १६ रन जोड्दै रनआउट हुन पुगे । कर्णालीका प्रकाश जैसीले २ विकेट लिए ।
११० रनको लक्ष्यलाई पुरा गर्ने क्रममा दिपेन्द्र रावतले अविजित ४३ रनको महत्वपूर्ण योगदान दिए । उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का हिर्काउँदै जित दिलाए । केवल १८.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको कर्णालीको गतिलो शुरुवात भने हुन सकेन् । ९ रनमा ओपनर मनिष थापा र ३ रनमा उत्कर्ष विकलाई गुमाएको कर्णालीले निश्चल रावल र अर्जुन घर्तीले सम्हाल्ने जिम्मेवारी लिए । तर उनीहरुको पनि साझेदारी बन्न सकेन् । घर्ती ७ रनमै पभेलियन फर्किए । कप्तान रविन्द्र शाही पनि पहिलो बलको सामना गर्ने क्रममा बलर विप्रासन केसीको बलमा शून्यमै आउट भए । रावले १५ रनमा विप्रसनकै बलमा आउट भएपनि इनिङलाई दिपेन्द्र रावतले सम्हाल्दै जितको खुशीयाली दिलाए । प्लेयर अफ दि म्याचको हकदार बने । उनलाई केही समय साथ दिएका प्रकाश जैसी पनि १९ रनमा आउट हुन पुगे । आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…