गण्डकी स्पोर्टस क्लबले गर्यो आफनो पूर्व क्लब सदस्यलाई सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २२ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी स्पोर्टस क्लबले आफना तीन जना पूर्व क्लब सदस्यसदलाई आज विशेष सम्मान गरेको छ । क्लबले गर्दै आएको गतिविधिमा आर्थिक सहयोग जुटाएका क्लबका पुर्व फुटबल खेलाडी पारस कुँवर,सचिन बाटाजू र दिपेश श्रेष्ठलाई विशेष सम्मान गरिएको हो । क्लबका अध्यक्ष उमेश सिकेले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

क्लबले सदस्यहरुलाई पुर्नताजगि बनाई राख्न बनभोज कार्यक्रम समेत गर्यो । बनभोज कार्यक्रममा क्लबले आफनो वार्षिक गतिविधि सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । पोखराकै पुरानो मध्येको गण्डकी स्पोर्टस क्लब लामो समय खेलकुद गतिविधिबाट टाढा रहेको थियो । उमेश सिकेकै अध्यक्षतामा फेरी क्लबले जीवन्तता पाएको हो ।