
पोखरा म्याराथनमा दौडिदैं धावकहरु । file pic
पोखरा-नेपाल भूतपुर्व खेलाडी मञ्च पोखराले आगामी फागुनमा आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट परिवर्तन गरेको छ । नयाँ रुटको लागि मञ्चले एक महिना अघि मात्रै अध्ययन गरेको थियो । अध्ययन गरिएको नयाँ रुटलाई अन्तिम रुप दिने तयारीमा मञ्च छ ।
पुरानो रुटमा अधिकांश क्षेत्र राजमार्गमा थियो । राजमार्गकै कारण धावकलाई हुने दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै मञ्चले सवारी साधनको आवागमन कम हुने क्षेत्रलाई नयाँ रुटको रुपमा अध्ययन गरेको छ । ताल, मठ मन्दिर हेर्दै दौडिने धावकलाई अब ग्रामीण परिवेशसँग समेत साक्षात्कार गर्ने छन् ।
मञ्चले नयाँ रुटको रुपमा खहरेदेखि पामेहुदैं घाँटी छिना पुगेर फर्किने तय गरेको छ । पोखरा रंगशालाबाट शुरु भई दौडिने रुट अहिले राजमार्ग क्षेत्र निकै कम पर्ने मञ्चल उल्लेख गरेको छ । पोखरा महानगरपालिका वडा नं १८ र २३ क्षेत्रलाई समेट्दै नयाँ रुट कायम गर्ने अन्तिम निचोडमा छ । नयाँ रुटको लागि मञ्चले गुगल सर्चमा देखिने म्यापको भेरिफिकेशन मात्रै कुरेर बसेको छ ।
“नयाँ रुट लगभग तय भएको छ । अब गुगल म्यापमा भेरिफिकेशन हुदै छ । त्यसपछि फाईनल हुन्छ” नेपाल भुतपुर्व खेलाडी मञ्चलका अध्यक्ष हरिप्रसाद पराजुलीले भने—“नयाँ रुट फाईनल भएपछि धावकलाई राजमार्गमा हुने सवारी जोखिम कम हुन्छ ।” पोखरा अन्तराष्ट्रिय म्याराथनको आगामी फागुन पहिलो साता हुने संस्करण पोखरा रंगशालाबाट शुरु हुने छ । त्यसपछि धावकले औद्योगिक क्षेत्र, कदम मार्ग हुदैं विपी मार्ग उक्लिने छन् । त्यसपछि रानीपौवा, पहेलो पुल, हरि चोक हुदैं तल जिरो किलोमिटर पुग्ने छ । जिरोबाट हल्लनचोक, खहरे हुदैं पामेबाट घाँटीछिना पुगेर फर्किने रुट छ । घाँटी छिनाबाट सोही बाटो फर्किएका धावकको अन्तिम विन्दु भने क्याम्पिङ चौर बन्ने छ । “नयाँ रुटमा धुलो र धुवाँ कम हुन्छ । सवारी साधनको समस्या राजमार्गमा जस्तो हुदैन् । ग्रामीण परिवेश हेर्दै धावकहरु दौडिने छन् ।” उनको भनाई थियो ।
‘सडक सुरक्षा मुख्य कुरा हो धावकका लागि । हामीले म्याराथन गरिरहँदा अब पहिलो जस्तो रहेन । विश्व म्याराथन र एम्ससँग जोडिएपछि यसको उचाई बढेको छ ।’ उनले भने, ‘हामीले सरक्षा र प्रकृति दुई कुरालाई जोड दिदैँ बैकल्पिक रुटको खोजी गरेर निर्णयमा पुगेको हौं । महिला हाफ म्याराथनका लागि समेत सोही रुटतर्फ रहेको छ । यस्तै अन्य १० किमि, पाँच किमिको दौडको समेत बैकल्पिक रुट खोजी भइरहेको छ । सडकमा सवारी बाक्लिदैं गएको छ । ट्राफिक समस्या बढ्दै गएको छ । धुलो र धुवाँ उस्तै छ । पैदलयात्रा गर्न सकस छ । दौडिन त झन निकै जोखिमपूर्ण छ । राजमार्गमा सबै प्रकृतिका सवारी आवातजावत गर्छन् । सवारी व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । सवारीले निम्त्याउने ट्राफिक जामकै कारण म्याराथन आयोजना गर्ने आयोजकलाई व्यवस्थापनकै सधैको समस्या बन्दै आएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…