
machhapuchhre cup gaupalika
पोखरा-माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना सञ्चालित प्रतियोगितामा रुपा गाँउपालिकाले माछापुच्छ्रेगाँउपालिका रातोलाई २८–२६, २२–२५, २६–२४, २५–१८ को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको हो । माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता बेष्ट फाईभमा खेलाईएको छ ।
नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले जनाए । खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको छ ।
गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न पालिकाहरुबाट १५ टोलीको सहभागिता रहेको छ । प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…