पुलिस माथि एपिएफको रोमाञ्चक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०८० मा प्रकाशित


पोखरा– डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल‌ एपिएफ क्लबले महिलातर्फको सुखद सुरुवात गरेको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकाल्दै सुखद सुरुवात गर्यो।

चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।

पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो । निणार्यक सेट १३-१३ को अबस्थामा थियो। एपिएफले लगातार दुइ अंक जोड्दै जित निकाल्यो।

दोस्रो खेलमा चन्न्डाद्रागिरी न्यु डायण्डले आर्मीलाई ३-१ को सेटमा हराएको छ । पहिलो सेटमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्डले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने आर्मीको पक्षमा रह्यो । आर्मीले २५-२३ को जित हासिल गर्‍यो । चौथो सेट डायमण्डले २७-२५ को जित हासिल गरेको हो । यस अघि एपिएफले पुलिसलाई ३-२ को सेटमा पाखा लगायो ।