गण्डकीको सोझो हार,श्रीलकंन आर्मीसँग एपीएफ पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०८० मा प्रकाशित


पोखरा-पाहुना टोली श्रीलंकन आर्मी टोलीले सशस्त्र प्रहरी बल(एपीएफ) लाई ३–१ को सेटमा पराजित गरेको छ । पुरुषतर्फ भएको प्रतिस्पर्धामा श्रीलंकाको आर्मी टिमले बिभागीय क्लब एपिएफमाथि पुनरागमन जित निकाल्यो । टाईगर ग्रुप पोखराको आयोजनामा भएको प्रतियोगितामा श्रीलंकन टोली पहिलो सहभागिता थियो । श्रीलंका आर्मी टोलीले पहिलो सेट २३–२५ को पछि परेको श्रीलंका आर्मी खेलमा फर्किदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भयो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९ ले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ ले पराजित गर्दै उत्कृष्ट शुरुवात गर्यो । श्रीलंका आर्मीका खेलाडी सजिथ केनुमारत्ने म्याच अफ दि टाइगर बन्न सफल भए ।

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा तीन जना पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टोली त्रिभुबन आर्मी क्लब बिचको खेलमा हेल्प नेपालले ३–१ सेटमा आफ्नो पहिलो खेल जित्दै २ अंक हात पारेको छ । पहिलो दुई सेट २५–१८ र २५–२० ले जितेको हेल्प नेपालले तेश्रो सेटमा नेपाल आर्मी खेलमा पुनरागमन गर्दै २५–२३ ले जित्यो तर चौथो सेट २५–२० ले हेल्प नेपाललाई सुम्पियो । खेलमा टिप टप हेल्प नेपालका माझर अली टाइगर अफ दि म्याच बनेका छन् ।

महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश महिला भलिबल टोली नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित भएको छ । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले बुझाउन पुग्यो । नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका दुई सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि अन्ततः २५–१६ ले पुलिसलाई बुझाउन पुग्यो । खेलमा टाइगर अफ दि म्याच नेपाल पुलिसकी उषा भण्डारी बन्न सफल भइन ।

जित संगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ । यो संगै नेपाल पुलिस ४ अंकका साथ समुहको शीर्ष स्थानमा रहेको छ । पुलिसले आफ्नो पहिलो खेल एपिएफ क्लब संग ३–१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समुहमा एपिएफ २ अंकका साथ दोश्रो स्थानमा छ ।

यस्तै महिलातर्फको दोश्रो अ‍ेलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि दोस्रो सेट भने २०–२५ ले गुमायो । आर्मी तेस्रो सेटमा हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो तर चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ को जित निकाल्यो भने अन्तिम सेटमा १५–१२ को जित निकाल्दै अन्तिम चारको सम्भावना जिवितै राखेको छ । खेलमा नेपाल आर्मीकी सोफिया पुन म्याच अफ दि टाइगर घोषित भइन् ।