
पोखरा-एघार पटकको सहभागिता । पाँच पटकको विजेता । ललितपुरे क्लब थ्रीस्टारले आमन्त्रित पाहुना टोली पारो एफसी(भुटान)लाई पन्छाउन निकै सकस पर्यो । प्रिक्र्वाटर फाईनल खेलका चारमध्ये तीन खेलको नजिता पहिलो हाफमै छिनोफानो हुदैं आएको थियो । उदघाटन खेल थ्रीस्टार र सहारा बीचको खेल दोस्रो हाफमा मात्रै नजिता निस्किएको थियो ।
क्र्वाटरफाईनलको पहिलो खेलमा थ्रीस्टारले पारोको चुनौतिलाई २–० गोल अन्तरले पन्छाउँदै अन्तिम चारमा प्रवेश गर्यो । शनिबार खेलमा दुवै टोली सन्तुलित देखिएका थिए । पहिलो हाफमा दुवैले उत्कृष्ट मुभ बनाउन नसकेपनि विपक्षी गोलकिपरलाई भने व्यस्त बनाउन सक्रिय नै रहे । तर गोलको खडेरी पहिलो हाफमा तोडिएन् ।
खेलको ४२ औं मिनेटमा थ्रीस्टारका दिपेश आले मगरले मिलाईदिएको पासलाई आशिष बलले भेट्न नपाउँदै पारो एफसीका गोलकिपर गेल्सेन जाङ्पोले क्लियर गर्दै संकट टारेका थिए । त्यसभन्दा अघि ३२ औं मिनेटमा पारोका एसी दोर्जीले पेनाल्टी बक्सबाट हानेको बल थ्रीस्टारका खेलाडीसँग ठोक्किएर पोष्टमाथिबाट बाहिरिन पुग्यो ।
५९ औं मिनेटमा पनि थ्रीस्टारले अर्को महत्वपूर्ण अवसर गुमाउन पुग्यो । खेलमा अग्रता लिने सुवर्ण अवसर थियो । आशिष चापागाँईले दायँभागबाट पेनाल्टी बक्सभित्र मिलाईदिएको पासलाई आदित्य शाक्यको प्रहार पोष्टभित्र छिर्न सकेन् । बाहिरिदाँ थ्रीस्टारका खेलाडी तथा अफिसियल निराश बन्न पुगे । एक पछि अर्को मुभ बनाएपनि थ्रीस्टार निर्धारित समय निराशमै वितायो ।
निर्धारित समयमा गोलरहित टुंगिएको थियो । थपिएकाो अतिरिक्त समयमा थ्रीस्टारले जितको नजिता निकाल्यो । अतिरिक्त समयको दोस्रो हाफमाा दुवै गोल गर्दै थ्रीस्टारले अन्तिम आठको यात्रा तय गर्यो । ११४ औं मिनेटमा आशिष चापागाईले पहिलो गोल गर्दै अग्रता दिलाए । उनले पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै जाली चुमाए । उनले नै दोस्रो गोल गरे । उनले ११९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित बनाए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको आईतबार दोस्रो क्वार्टरफाईनल खेल संकटा क्लबले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…