
पोखरा-संकटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेकोे छ । पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै आर्मीले संकटाको चुनौतिलाई ३–०ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आर्मीले अग्रता लियो । कप्तान भरत खवासले मिलाईदिएको पासलाई जिलेस्पीजंग कार्कीले सुन्दर हेड गर्दै गोल गरेपछि आर्मीले अग्रता लियो । आर्मीले दोस्रो गोल भने पेनाल्टीमा गर्यो ।
खेलको ४९ औं मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै अग्रतालाई फराकिलो बनाए । उनले हानेको प्रहार संकटाका कुलदिप कार्कीले बचाउ गर्ने क्रममा हातमा लागेपछि आर्मीले पेनाल्टीको अवसर पाएको हो । आर्मीले तेस्रो गोल खेलको ७६ औं मिनेटमा गर्दै जित सुनिश्चित बनायो । दिनेशले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममाा जिलेस्पीको पासलाई सदुपयोग गरेका थिए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन गरेको प्रतियोगितामा आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाईजको विजेतासँग आगामी माघ १८ गते खेल्ने छ । सोमबारको खेल जवलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…