
पोखरा-निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै खेलमा फर्किएको मनाङ मस्र्याङ्दी अन्तत सडन डेथमा पराजित हुदैं २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । छ पटकको विजेता मनाङले गोल्डकपको यात्रालाई लम्ब्याउने प्रयास सोमबार पेनाल्टी सुटआउटमा पुगेर टुंगिएको छ । पेनाल्टी सुटआउटमा जावलाखेलसँग ७–६ गोलले पराजित हुदैं बाहिरिन पुग्यो ।
सोमबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जावलाखेलले जितको खुशी मनाउन केही क्षण मात्रै बाँकी थियो । तर अन्तिम मिनेटमा मनाङले गरेपछि निराश बन्न पुगेको थियो । हिसुब थपलियाले ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । उनले सुदिप श्रेष्ठले पासलाई पेनाल्टी बक्सबाट गोल गरेका थिए । प्रतियोगितामा यो उनको व्यक्तिगत दोस्रो गोल हो । यसअघि उनले मछिन्द्र विरुद्ध निर्णायक गोल गरेका थिए ।
तर मनाङ मस्र्याङ्दीले खेलको ८९ औं मिनेटमा गोल फर्काएपछि खेल अतिरिक्त समयम धकेलिन पुग्यो । राजेश परियारले मनाङका लागि बराबरी गोल फर्काए । गोल फर्काएपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो । अतिरिक्त समयमा समेत गोल नभएपछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो ।
पहिलो पाँच पेनाल्टीमा दुवै तर्फबाट ४–४ गोल भएपछि सडन डेथ शुरु भएको थियो । अन्तिम पेनाल्टी हान्न आएका मनाङका रणदिप पौडेलको बचाउ भएपछि जावलाखेलले छ पटकको विजेता मनाङलाई पराजित गर्यो । मनाङका जय गुरुङ,अशोक खवास, सुदिप श्रेष्ठ,अस्विन घोरासैनी, गोलकिपर जियारथ शेखको गोल निशान लिम्बु(बचाउ),सुरज सिंह(बचाउ), रणदिप पौडेल(बचाउ) असफल भएका थिए ।
जावलाखेलका लागि विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा, प्रवेश कुँवर गोलले लगातार गोल गरे । हिसुब थपिलयाको प्रहार बचाउ हुन पुग्यो । त्यसपछिको सेवान्त थापा प्रहार पनि बचाउ भएपछि दबावमा परेको थियो । यद्यपी हरिराज भट्ट, शिशिर लेखी , प्रदीप बुढाथोकीले गोल गरेपछि जित सुनिश्चित बनाए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…