
पोखरा-उपाधिको दावेदार प्रस्तुत गरेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपाधिको लागि थ्रीस्टारसँग शनिबार खेल्ने छ । बिहीबारको आफनो सेमिफाईनल प्रतिस्पर्धी चर्च ब्वाईज युनाईटेडलाई २-१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । थ्रीस्टारले आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ भने आर्मीले उपाधि २३ औं संस्करणसम्म आईपुग्दा पाएको छैन् ।
चर्च ब्वाइज युनाइटेडको चुनौति पन्छाउन आर्मीले अतिरिक्त समय लिएको थियो । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रासबहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेपछि आर्मी फेरी एकपटक पोखराको मैदानमा फाईनल यात्रा तय गरेको थियो ।
निर्धारित समयमा दुवैले बराबरी खेले । खेले निकै प्रतिस्पर्धात्मक बनेको अतिरिक्त समयमा धकेलिदाँ दर्शकले पनि फुटबलको पूर्ण मनोरन्जन लिए । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल गर्दै खेलमा फर्काए । अन्तिम पाँच मिनेटमा गरेको गोलले आर्मी र चर्च ब्वाईज दुवैले नजिता निकाल्न ३० मिनेटको अतिरिक्त समय खेल्न पुगे । सन्तोष खत्रीले लडाएपछि पाएको फ्रिकिकलाई हेम्जनले सदुपयोग गरेका थिए । ३० यार्ड पर पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेपछि आर्मीले अग्रता लिएको थियो ।
जितको खुशी मनाउने संघारमा रहदाँ आर्मीले बराबरी गोल सामना गर्यो । तर, अन्तिम समयमा चर्च ब्वाइजले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे । उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा धकेलियो ।
आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । आर्मी र थ्रीस्टार पछिल्लो पटक २०७५ मा सँगै फाइनल पुगेका थिए । त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले बाजी मारेको थियो । थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब पोखराको मैदानमा आहा रारा गोल्डकपको उपाधिविहीन छ । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाईलन शनिबार पोखरा रंगशाला फुटबल मैदानमा हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…