
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले कास्की र स्याङजा जिल्लालाई स्पष्टीकरण माग गरेको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा ‘आसन ग्रहणका लागि उदघोषणको क्रममा यस परिषदका पदाधिकारी ज्यूहरुको मर्यादा क्रमलाई ख्याल नगर्ने कास्की र स्याङजा जिल्ला खेलकुद विकास समितिलाई त्यसो किन गरिएको हो ?’उल्लेख छ ।
परिषदले दुई जिल्लासँग स्पष्टीकरण माग गर्दै सत्यतथ्य छानविन गरी एक महिनाभित्रमा प्रतिवेदन पेश गर्न समिति नै गठन गरेको छ । समितिको संयोजकको जिम्मेवारी परिषदका सदस्य ऋषिराम गौतमलाई तोकिएको छ । गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।

स्पष्टीकरण पत्रमा पुस २५ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाको अध्यक्षमा बसेको परिषदको बोर्ड बैठक भएको निर्णय अनुसार यस वर्ष सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तोकिएको पौष १५ गतेभित्र सम्पन्न नगर्ने जिल्लाहरु, प्रतियोगिता सम्पन्न गर्ने सबै जिल्लाहरु मध्ये उदघाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य पूर्व नै मार्चपास टोलीलाई कार्यक्रम स्थलबाट अन्यत्र पठाउने, पदाधिकारीको मर्यादालाई ख्याल नगर्ने कास्की र स्याङजा जिल्लालाई त्यसो किन गरिएको हो भन्दै छानविन समिति मार्फत प्रतिवेदन गर्न परिषदले निर्देशन गरेको छ ।
‘स्पष्टीकरणको लागि पत्र पठाएको १५ दिन भईसकेको छ ।’ छानविन समितिका संयोजक ऋषिराम गौतमले भने–‘दुई जिल्लालाई एक महिनाभित्र र बाँकी अन्य जिल्लालाई ७ दिन भित्रमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।’ सदस्य सचिव शर्माले हस्ताक्षरित पत्रमा ‘जिल्ला खेलकुद विकास समिति(तनहुँ, गोरखा, नवलपुर,पर्वत, बाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङ) त्यस जिल्लाबाट आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा आमन्त्रित प्रमख अतिथि, विशिष्ट अतिथि(यस परिषदसँग समन्वय र सहमतिमा आमन्त्रण गरिएको÷नगरिएको) र अतिथिहरुको नामावली,, आसन ग्रहणको क्रम, सञ्चालित कार्यक्रमको रुप रेखा, कार्यक्रम सञ्चालक लगायतको विवरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्रमा यस परिषद समक्ष पेश गर्नुहुुन अनुरोध छ ।’ उल्लेख छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…