दोस्रो हिसान फुटसलका लागि कास्कीबाट १२ टिम छनौट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २७ गते २०८० मा प्रकाशित


पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौटबाट १२ टिम छनौट भएका छन् । कास्की छनौटका लागि ४० टिमले भागलिएकोमा १२ टिम छनौट भएका हुन् ।

छनौट भएकोमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल छनौट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

त्यसै गरी प्रतिभा सेकेन्डरी स्कुल, स्टेप बाई स्टेप सेकेन्डरी स्कुल, शिसुनिकेतन सेकेन्डरी स्कुल, माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुल, सगरमाथा सेकेन्डरी स्कुल र न्युमोडल सेकेन्डरी स्कुल छनौट भएका छन् । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कास्कीबाट १२ र गण्डकी प्रदेशका अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।

गण्डकी स्तरीय प्रतियोगिता फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । कास्की छनौटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए । प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताए ।

त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागीता हुने लिगले बताए । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।