
काठमाडौं- नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लण्डन म्याराथनमा दौडने पक्का भएको छ । नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको छ ।
गोपीले आफ्नो लागि नेपालगन्ज म्याराथन सधै लक्की रहँदै आएको बताएका छन् । पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो । यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ उनले भने,‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ । लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु ।’
लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल २१) मा हुनेछ । गोपीको को लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ । युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगन्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताएका छन् । सिटी म्याराथनमा खासमा स्थानिय निकायकै भूमिका हुन्छ,’ उनले भने,‘तथापी त्यसमा राखेपको पनि साथ रहँदै आएको छ ।’ उनले गोपीलाई सफलताको शुभकामना दिए । राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि मात्र सफल प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिए ।
नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए । मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथन २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए । नेपालगन्ज म्याराथनका दुई पटकका विजेता गोपी १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् । सन् २०१९ मा स्वदेशमा भएको १३ औं सागमा उनले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…