
पोखरा-नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् ।
स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए ।
खुला पुरुषतर्फ आभान विजेता हुँदा सुजन आचार्य द्वितीय, आरभ श्रेष्ठ र शक्ति शर्मा तृतीय भए । महिला विधामा आशुका रञ्जित द्वितीय, करिश्मा वली र अमिषा भण्डारी तृतीय भए । बिगिनर्समा रिजन बुद्धाचार्य द्वितीय, जेम्स शाक्य र प्रसुन बुद्धाचार्य तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले मेडल र प्रमाणपत्रसहित समान ८÷८ हजार रूपैयाँ प्राप्त गरे । द्वितीय हुनेले ४÷४ हजार रुपैयाँ र तृतीय भएका दुई जनाले २÷२ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदार, स्क्वास ¥याकेट एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखे, महानगर खेलकुदका सदस्य सचिव सुभाष खड्का, स्क्वास ¥याकेट एसोसिएसन गण्डकी अध्यक्ष अशोक रञ्जितले नगद, मेडल र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा ३८ जना खेलाडी सहभागी भएको स्क्वास ¥याकेट एसोसिएसन कास्की सचिव सन्तोष घिमिरेले जानकारी दिए । समापनका कार्यक्रममा स्क्वास खेलाडी टकबहादुर तिलिजाले स्कवास खेलको विकासका लागि तीन थान ¥याकेट स्क्वास ¥याकेट एसोसिएसन कास्कीलाई हस्तान्तरण गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…