
पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गरेको छ । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा शुशिला दिमदुङको अविजित १० रनको योगदानमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
भद्रकाली मावि केवल ७८ रनमा समेटियो । १३.२ ओभरमा सम्पूर्ण विकेट गुमायो । प्लेयर अफ द म्याच समेत बनेकी रचना चौधरीले ५ विकेट लिइन् । त्यस्तै, सुसिला र अंकिता ठकुरीले समान २ तथा सुनिला रानामगरले १ विकेट लिइन् । भद्रकालिका लागि विसाखा महर्जनले १२ रन बनाइन् ।
यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले एम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक टि.आर.काफ्लेले व्याटिङ गर्दै प्रतियोगिताको शुरुवात गरेका थिए । प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…