
पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् ।
पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको बलिङमा स्विकृती गुरुङले २ विकेट लिइन् ।
१ सय ३ लक्ष्य पाएको त्रिभुवनले १४.४ ओभरमा ६ विकेट गुमाएर खेल आफ्नों पक्षमा पार्यो । त्रिभुवनका अमिसा सुनारले अभिजित १३ तथा त्रिशना विकले १० रन बनाइन् । उसले पनि ६५ अतिरिक्त रन पाएको थियो । सिर्जनाका बलरहरु दिपिका चौधरी, सुस्मिता पौडेल र सुस्मिता मगरले १÷१ विकेट लिए । खेलमा सिर्जनाकी स्विकृती गुरुङ साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । उनलाई आयोजक समितिका अध्यक्ष दिपक बहादुर गोदारले पुरस्कृत गरे ।
आइतबारको अर्को खेलमा अम्मरसिंहले बाराही माविलाई ५ विकेटले पराजित गर्यो । पहिला व्याटिङ गरेको बाराहीले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन बनायो । बाराहीका सुगिता कुमालले १० रन जोडिन् । अम्मरसिंहको बलिङमा चन्द्रमाया बराल र सुस्मिता विष्टले समान २ विकेट लिए । प्रत्युत्तरमा अम्मरसिंहले १५.२ ओभरमा ५ विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त गर्यो । अम्मरसिंहका लागि ३७ रन बनाएकि चन्द्रमाया साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । सुस्मिता विष्टले टिमका लागि २९ रन जोडेकी थिइन् । बाराहीका कुसुम राइले २ विकेट लिएकी थिइन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…