
पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबार दोस्रो दिन नवआर्दश क्लबले जित गर्दा विष्णुपादुका र ढिकुरपोखरी, भ्याली स्पोर्टस र माछापुच्छ्रे त्रिशक्ति युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।
पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा विष्णपादुकाले ढिुकरपोखरीसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
कुन्जन पौडेलको गोलबाट अग्रता लिएको ढिकुरपोखरीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै अंक बाँड्यो । विष्णुपादुकाको लागि विधान भुजेलले २९ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए ।
यसैगरी अर्को खेलमा माछापुच्छ«े त्रिशक्ति क्लबले भ्याली स्पोर्टस क्लबसँग गोलरहित खेल्दै अंक बाँड्यो । अन्तिम खेलमा नवआर्दशले भने डेभिजफल युथ क्लबलाई ४(० गोलले पन्छाउँदै जित आत्मसात गर्यो । सिजन थापाको आत्मघाती गोलको उपहारबाट अगाडि बढेको नवआर्दशले दिनेश घर्तीले २६ औं मिनेटमा र किशोर गुरुङले ५४ र ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए ।
बलराम केसी स्मृति प्रतिष्ठानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा कास्की जिल्ला फुटबल संघमा आवद्ध २१ क्लबले सहभागिता जनाएका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…