
पोखरा-पोखरा रंगशाला बक्सिङ रिङमा १७ वर्षपछि राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता हुदैै छ । पोखरामा पहिलो पटक भर्सेस फाईटयुक्त राष्ट्रियस्तरको पोखरा बक्सिङ च्याम्पियनसिप आयोजना हुदैं छ । यही जेठ १८ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिता आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता नवौं राष्ट्रिय प्रतियोगिता बाहेक संघले १७ वर्षपछि आयोजना गरेको हो ।
प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले आफनो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८०, ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी महिला तर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पोखरालाई खेल पर्यटनको शहरको रुपमा स्थापित गर्ने उद्देश्यसहित बक्सिङ को भर्सेस फाईट शुरु गरिएको बताए ।
पोखरामा २०६४ सालमा राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता आयोजना गरिएको थियो । १७ वर्षपछि फेरी पोखरामा बक्सिङ प्रतिस्पर्धाले बक्सिङ को क्रेजलाई माथि उठाउने विश्वास आयोजकले लिएको छ । नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराईले नियमित प्रतियोगिताले मात्रै खेलाडीेले अन्तराष्ट्रिय रिङ मा उतिर्न सक्ने भन्दै प्रतियोगितालाई नगर, जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । प्रत्येक नगर, उपमहानगर तथा महानगरपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकता दिन सकेमात्रै खेलकुदको विकास हुने स्पष्ट पारे ।
प्रतियोगितामा भर्सेस फाईट विजेता बक्सरले नगद २० हजार प्राप्त गर्ने छ । उपविजेताले नगद १० हजार पाउँदा महिला तथा पुरुष उत्कृष्ट बक्सरले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको लागि १२ लाख रुपैयाँ खर्च हुने छ । पोखरा महानगरपालिकाले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार सम्मेलनमा प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या मर्सानीले पनि पोखराको बक्सिङ खेलको बारेमा स्पष्ट पारेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…