
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिकोे आयोजना तथा कास्की जिल्ला फेन्सिङ स)घको व्यवस्थापनमा पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय जुनियर तथा खुल्ला महिला तथा पुरुष ईपी फेन्सिङ च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।
आर्मीले ३ स्वर्ण र दुई कास्य पदक जित्द च्याम्पियन बन्यो । त्यसैगरी गण्डकी प्रदेश दुई स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोस्रो स्थानमा रह्यो । बागमती प्रदेश भने तेस्रो स्थानमा आयो । बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्यो ।
विभागीय टोली शसस्त्र प्रहरी बल भने चौथो स्थानमा रह्यो । एक स्वर्ण, एक रजत र तीन कास्य पदक जित्दै शसस्त्रले दुई दिने प्रतियोगितामा चौथो स्थान हासिल गर्दै विदा भयो । कुल आठ स्वर्ण, आठ रजत र १६ कास्य पदकको लागि प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा गण्डकी, बागमतीसहित कोशी र सुदुरपश्चिम प्रदेश तथा दुई विभागीय टोलीको सहभागिता रहेको थियो । विजेताहरुलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पुरस्करा प्रदान गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…