
पोखरा-आर्थिक वर्ष २०८१/८२ लागि अर्थमन्त्री वर्षमान पुनले बजेट बक्तव्य सार्वजनिक गर्दै खेलकुदका लागि ३ अर्ब ५० करोड विनियोजन गरेका छन् । मंगलबार बजेट भाषणलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गरिने उल्लेख गरे ।
आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि उनले लागि ६० करोड विनियोजन गरेको सुनाए । काठमाडौंको मुलपानी क्रिकेट रंगशाला,विराटनगरको गिरिजाप्रसाद कोईराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा निर्माणा गरिने जनाए । कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रगंशाला निर्माणलाई तिब्रता दिईने जनाएको छ । त्यसको लागि सरकारले १ अर्ब ३० करोड रुपैया विनियोजन गरिएको छ ।
शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालयमा खेलकुद प्रवद्र्धन गरिने छ । बालबालिकालको लागि उमेर खेलकुद प्रतियोगिता सञ्चालन र प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाईने बजेटमा उल्लेख छ ।
सबैका लागि खेलकुदको अवसर सृजना गरिने छ । खेल क्षेत्रमा महिला सहभागिता बढाइने छ । ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लािग राष्ट्रिय टिम तयार गरिने छ । राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडीलाई प्रोत्साहन गरिने छ । खेलकुद क्षेत्रको पूर्वाधार निर्माण सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गरिने छ । बजेटले पोखराको खेलकुद क्षेत्रलाई भने समेट्न सकेको छैन् । लामो समयदेखि योजनामा राखिएको पोखरा रंगशाला फुटबल मैदानमा प्लड लाईट जडान हुन सकेको छैन् । पौडी पोखरी निर्माण, पोखरा क्रिकेट मैदानको स्तरोन्नति गर्ने तर्फ समेत सरकारको ध्यान गएको छैन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…