पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा अनमोल च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १७ गते २०८१ मा प्रकाशित


पोखरा-पोखरामा आयोजित छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम च्याम्पियन बने । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए ।

५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन क्षेत्री तेस्रो भए । ४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम बिक र नविन परियार तेस्रो बने । ४० केजी तौलसमूहमा निश्चल बिक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बने । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुष सिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुन तेस्रो भए ।

३० केजीतर्फ सुशान्त थापा प्रथम, भैभव भण्डारी दोस्रो, समिर गुरुङ र रविन ठकुरी तेस्रो भए । २५ किलो तौल समूहमा सुमन बिक प्रथम, ओसन मगर दोस्रो, रिशव चौधरी र एकृत राई तेस्रो भए । यस्तै, महिला तर्फ खुल्ला तौल समूहमा नितिशा राना मगर च्याम्पियन बनिन् । रोजिना गुरुङ दोस्रो हुँदा पूर्णिमा लियो मगर र केजिया क्षेत्री तेस्रो बने । ५० केजी तौल तर्फ प्रशन्ना क्षेत्री प्रथम, निम्रित शाह दोस्रो, दिपिका बोहोरा र सुमी गुरुङ तेस्रो बने ।

४५ केजी तौल समूहमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बु दोस्रो, ममता थापा र कुमा पुन तेस्रो भए । ४० केजी तौल समूहमा विशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सिम्रन केसी तेस्रो भए । ३५ केजी तौल समूहमा पार्वती तामाङ प्रथम, मिरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बने ।

३० केजी तौल समूहमा मनिशा गिरी प्रथम, ओसन थापा दोस्रो, प्रितिशा खनाल र अक्षता ढुंगाना तेस्रो भए । २५ केजी तौलसमूहमा प्रितिशा गिरी प्रथम, नुमा लिम्बु दोस्रो, दीपशिखा सिग्देल र सिम्रन क्षेत्री तेस्रो भए । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, आयोजक प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, व्यवस्थापक गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगत कायस्थ र साउन एशियन केन्पोकाई ब्राञ्च चिफ नाराज बहादुर खड्काले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

मन्त्री थापाले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यवसायिक समेत बन्दै गएको बताए ।
गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि महत्व दिंदै आगामी वर्षका लागि समेत आवश्यक बजेट विनियोजन गरिसकेको जनाउँदै मन्त्री थापाले भने– ‘अहिले खेलकुदमा सम्भावना समेत बढ्दै गएको छ । नेपाली खेलाडीहरुले पनि विस्तारै खेलकुदको माध्यमबाट आफ्नो व्यवसायिकतालाई अघि बढाएका छन् ।’