खेलकुद पत्रकार मञ्च गण्डकीलाई सहारा क्लवको ५१ हजार सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १ गते २०८१ मा प्रकाशित


पोखरा-केही दिन अघिमात्रै २३ औं सस्करणको आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक गरेको सहारा क्लबले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले आफनो दोविल्लास्थित सहारा एकेडेमीमा आयोजित साधारणमा सभामा मञ्चको कल्याणकारी अक्षयकोषको लागि क्लबका अध्यक्ष केशवप्रसाद बरालले मञ्चका अध्यक्ष दिननाथ बराललाई हस्तान्तरण गरे ।

मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, पूर्व सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार, अध्यक्ष दीननाथ बरालले १० हजार रुपैया सहयोग गरेका छन् । मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ । बराल नेतृत्व टिमले आफ्नो कार्यकालमा करिब १० लाखको अक्षयकोष स्थापना गर्ने बताउदै आएको छ । हालसम्म उक्त कोषमा व्याज सहित एक लाख रुपैया जम्मा भएको मञ्चले जनाएको छ ।

उक्त अवसरमा क्लवका मानार्थ सदस्य एवं अग्रज पत्रकार नारायण कार्कीले २ लाख १७ हजार ९ सय ७७ रुपैया रकम बराबरको चेक हस्तान्तरण क्लबलाई हस्तान्तरण गरेका छन् । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिएको छ । उक्त समारोहमा गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उनलाई सम्मानपत्रको साथमा दोसल्ला एवं नगद २५ हजार सहयोग प्रदान गरी सम्मान गर्नु भएको हो ।