
पोखरा-छ वर्षपछि लेखनाथ भण्डारढीकको आदर्श युवा क्लब फुटबल कर्ममा फर्किने तयारीमा छ । सन २०१८ मा २४ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आयोजनापछि सुस्ताएको क्लबले फेरी नकाउट फुटबल प्रतियोगिता आयोजनासँगै सक्रिय बन्दै छ । वर्षेनी महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नकाउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले आगामी मंसिरको तेस्रो सातादेखि २५ औं सस्करणको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । घोषणासँगै क्लबले आफनै वडा पोखरा २९ लाई पहिलो प्रतियोगिताको पहिलो प्रस्तावना दिदैं शुभकामनासहित आर्शिवाद लिएको छ ।
क्लब फुटबल इतिहासमा सबैभन्दा धेरै प्रतियोगिता आयोजना गरेको आदर्श क्लबले फुटबलमा आफनो छुट्टै पहिचान बनाएको छ । आर्थिक क्षेत्रमा परेको प्रभावले क्लबले फुटबललाई निरन्तरता दिन सकेन् । प्रायोजकले वर्षेनी निरन्तरता नदिदाँ फुटबल प्रतियोगिताबाट क्लब टाढिदैं गएको हो । यद्यपी आधा दशकपछि फेरी क्लब फुटबल प्रतियोगितामा फर्किने जमर्को गरेको छ ।
पोखरा २९ भण्डारढीकस्थित रंगशालामा प्रतियोगितामा आयोजना हुने छ । प्यारापिट छ । निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल छ । जुन पुरा भए लेखनाथमा इण्डोर प्रतियोगिता आयोजना गर्न सकिन्छ । त्यसलाई आर्थिक अभावकै कारण क्लबले चासो दिएपनि अगाडि बढाउन सकेको छैन् । सरकारीतबरबाट यथेष्ट बजेटकै अभावमा कभर्ड हलको काम रोकिएको छ ।
क्लबले आफनो २५ औं वसन्त पार गरिसक्यो । आदर्श कप पोखराको पुरानो फुटबल प्रतियोगिता हो । आरोह अवरोध पार गर्दै क्लबले आफनो रजत जयन्ती पुरा गरेकै अवसरमा क्लबले २५ औं संस्करणलाई आगामी मंसिर २२ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । उनले क्लबको फुटबलमा बनाएको छविलाई अझ उचाईमा पुर्याउने उद्देश्य रहेको सुनाए । क्लबले पहिलो प्रस्तवना दिदैं पोखरा महानगरपालिका वडा नं २९ लाई प्रतियोगिताको संरक्षकको भूमिकामा छ ।
प्रतियोगितामा ८ टोलीलाई समावेश गर्ने क्लबले जनाएको छ । २५ औं सस्करणको तयारी गरिरहेपनि क्लबले सहभागित हुने टोलीको निर्णय भने गरिसकेको छैन् । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिने छ । विधागत रुपमा सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई नगद जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ । खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । अनुशासित टोलीलाई समेत ट्रफी प्रदान गरिने छ ।प्रतियोगिताको कुल खर्च ५० लाख अनुमान गरिएको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…