
नेपालगन्ज-नेपालगन्जमा रात्रीकालिन दौडको आयोजना गरियो । रात्रिकालिन दौड नेपालमै पहिलो पटक हो । नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन दशौंमा दस इभेन्टु अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दौड आयोजना गरिएको थियो । १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ मिनेट ७.२१ सेकेण्डमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२ मिनेट ४८.४४ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२.५४.६३ मिनेटमा दौड पूरा गरि तृतीय भएका थिए ।
धारा मा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन् । उनले ५९ मिनेट १६.५२ सेकेण्डमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१ मिनेट ६.७ सेकेण्डमा दुरी पूरा गरि दोस्रो भइन् । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे । रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताएका छन् । ुमैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ । पालले भने-रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ ।
उता, पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफुले नसोचेको नतिजा हात पार्दा निकै खुशी भएको बताइन् । ुपहिलोपटक यति धेरै पैसा जितेकी छु ।ु उनले भनिन्यो- पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु । भेट्रान पुरुष तर्फ रैवत दाहाल ३८ मिनेट ८.७१ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८ मिनेट ५६स्२३ सेकेण्डमा दोस्रो तथा महेन्द्र बज्राचार्य ४९ मिनेट १९।२५ सेकेण्डको समय लिंदै तेस्रो भए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दौडमा आकर्षित गरिरहन आफू दौडिरहेको प्रतिक्रिया दिए । राति दौड्दा फरक अनुभुति हुने रहेछ । उनले भने-धेरैभन्दा धेरै दौडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ ।
नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनस् सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे । नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयोजक पदाधिकारी तथा नेपालगन्जवासी उत्साहित देखिएका थिए । यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दौडको उदघाटन गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…