पोखरा-काठमाडौं दौड पुरा गरेका धावक गोदारलाई स्वागत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०८१ मा प्रकाशित


पोखरा-नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाफ म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले तीन दिनमा दौड पुरा गरेका छन् ।
काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पुरा गरेका हुन् । काठमाडौँको दशरथ रंगशालाबाट सोमबार दौड शुरु गरेका थिए । उनले दौड बुधबार दिउँसो करिब २ः०० बजे पोखरा रंगशालामा आएर टुग्याएका थिए ।

धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । पोखरा रंगशालामा उहाँलाई कास्की आदर्श समाज युएई, कास्की जिल्ला एथलेटिक्स संघ, जिल्ला खेलकुद बिकास समिति, पोखरा उद्योग बाणिज्य संघ ,लेखनाथ उधोग बाणिज्य संघ, लायन्स क्लव, भूपू सैनिक हवाई सुरक्षा समिति गण्डकी, फल्याङकोट समाज कास्की लगायतका संघ संस्थाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । उनलाई बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेका थिए ।

जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा, कास्की जिल्ला एथ्लेटिक्स संघका पूर्व अध्यक्ष गजबहादुर गुरुङ, पोखरा महानगर खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक बहादुर गोदार लगायतका प्रतिनिधिहरुले अर्जुन गोदारलाई सम्मान गरे । उनले पहिलो दिन काठमाण्डौं देखि मजिमटारसम्म ८६ कलिोमिटर, दोश्रो दिन मजिमटार देखि दमौली ७४ किलोमिटर र तेश्रो दिनमा दमौलीदेखि पोखरा रंगशाला ५० किलोमिटर दौडिएका थिए । मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको थियो । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पुरा गरेका हुन् ।

कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षिय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोटसहित दौडिएका थिए । नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका धावक गोदारले केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियानमा जुटेका थिए । गोदारको दौडले पोखरामा हुने म्याराथन दौडलाई धेरै सहयोग हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले बताए ।